आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ६२ अंकले घटेर २,६६२को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।