शेयर बजारको अन्तिम दिन उच्च कारोबार गर्न सफल १० कम्पनीहरू

काठमाडौं । चैत ३१ – वर्ष २०७८ को अन्तिम दिन आइतबार शेयर बजारमा नेप्से सूचक ८.६२ अंकले घटेर २६६२.०८ मा झरेको छ। सूचक घटे पनि बजारमा करिब ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज ८८ कम्पनीको शेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो। उपसमूहमध्ये ४ वटा समूहको सूचक बढेको र ९ वटा घटेको छ।

लगानी समूहमा १.६८ प्रतिशतको वृद्धि भएको छ भने व्यापार समूह १.४० प्रतिशतले घटेको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङ्सले ४५ करोड ३२ लाख रुपैयाँमा गरेको छ। यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर (४४.४६ करोड), राधी विद्युत (४३.८२ करोड), हिमालयन रिइन्स्योरेन्स (३९.३४ करोड), नारायणी डेभलपमेन्ट बैंक (२०.६२ करोड), सिन्धु विकास बैंक (१९.१० करोड), नेपाल पुनर्बीमा कम्पनी (१८.०६ करोड), एचआईडीसीएल (१६.५० करोड), हिमालयन पावर पार्टनर (१५.६० करोड), र ङादी ग्रुप पावर (१३.८५ करोड) रहेका छन्।