शेयर बजार ओरालो लाग्दा पनि ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ६२ अंकले घटेर २,६६२को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

राद्यी विद्युत कम्पनीको ४३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।