आर्थिक सुधार आयोगको सिफारिस: पाँच सार्वजनिक संस्थान खारेज गरी सम्पत्ति उत्पादनशील बनाउन सुझाव

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ। जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि व्यवसाय सञ्चालन गर्न नसकेको भन्दै खारेज गरी तिनको अचल सम्पत्ति उत्पादनशील प्रयोजनमा उपयोग गर्नुपर्ने सुझाव आयोगले दिएको हो।