युनिटेक हाइड्रोपावरको साधारणसभा आह्वान , आईपीओ प्रस्ताव अघि सार्ने

काठमाडौं। युनिटेक हाइड्रोपावर कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। ललितपुरमा बस्ने साधारणसभामा  आईपीओ जारी प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान, आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायत एजेन्डा तय गरिएका छन्।