सुनको भाउ आकाशियो, प्रतितोला ३ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौं। बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेकका मुलुकमाथि लगाइने घोषणा गरेको आयात कर ९० दिनका लागि स्थगन गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन महँगिन थालेको छ।नेपाली बजारमा पनि सुनको मूल्यले बिहीबारदेखि नयाँ रेकर्ड कायम गरिरहेको छ।  आज छापावाल सुन तोलामा ३ हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। बिहीबार  छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९०० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ९०५ रुपैयाँ पुगेको छ।