हकप्रद निष्कासनको तयारीमा सन नेपाल लाइफ, बुक क्लोज मिति तय

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि २०८२ वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले चैत्र ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो। अब कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।