सुनको भाउ आकाशियो, एकै दिनमा  ५ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं। आज नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार छापावाल सुन प्रतितोला २ हजारले बढेकामा आज एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार ४ सयमा कारोबार भएकोमा  आज १ लाख ८१ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले बताएको छ।

यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनाएको सुन आज उच्च मूल्य कायम भएको हो।महासंघका अनुसार आज चाँदी ६५ रुपैयाँले बढेको छ। बुधबार १८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० रुपैयाँ पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ७५ बढी देशमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगन गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो।