
काठमाडौं। पियोर इनर्जीले आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन आईपीओ बिक्री खुलाएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुलाएको हो।
आईपीओमा वैशाख २ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका आवेदन दिन सकिने कम्पनीले जनाएको छ।कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।