
काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। यो सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।