विन नेपाल लघुवित्तको एफपीओमा मागभन्दा ४५५ गुणा बढीको आवेदन

काठमाडौँ । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओमा माग भन्दा ४५५ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज चैत्र २६ गते साँझसम्ममा कम्पनीको एफपीओमा १९ लाख ७४ हजार ७ सय ९ जनाबाट २ करोड ३३ लाख ८४ हजार ५ सय २० कित्ताको आवेदन परेको छ। जुन माग गरिएभन्दा ४५५.९० गुणा बढी हो ।

कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो। चैत्र २१ देखि चैत्र २६ गतेसम्ममा २ वटा सार्वजनिक विदा परेकोले कम्पनीको एफपीओ कुल ६ दिन खुला रहेको थियो।

कम्पनीको शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।