सुनको मूल्यमा गिरावट ,कतिमा हुदै छ कारोबार?

काठमाडौँ  । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।