
काठमाडौं। मातृभूमि लघुवित्तले वैशाख वैशाख २ गते साधारणसभा बोलाएको छ। साधारणसभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन विशेष प्रस्ताव पेस गरिने कम्पनीको सूचनामा उल्लेख छ।यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी काम गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा राखिएको छ।
आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगदलगायत विवरणमाथि छलफल हुनेछ। कम्पनीले यस पटक पनि सेयधनीलाई लाभांश नदिने भएको छ।साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ।