
काठमाडौँ । समता घरेलु लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: डा. मदन घिमिरे नियुक्त भएका छन् । कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले डा. घिमिरेलाई पुन: दोस्रो कार्यकालको नियुक्त गर्ने निर्णय गरेको हो ।कम्पनीका अनुसार उनको नयाँ कार्यकाल २०८२ वैशाख १ गतेदेखि सुरु हुने छ। उनको नयाँ कार्यकाल ४ वर्ष अवधिको हुने छ। उनी २०७० साल देखि समता घरेलु लघुवित्तमा आवद्द छन्।