काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधिलाई तीन महिनापछि तलब भुक्तानी

काठमाडौँ  महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तीन महिनापछि तलब पाएका छन्। प्रशासकीय अधिकृत नहुँदा रोकिएको तलब आज सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका हुन्।

महानगरले २,९०० कर्मचारीको खातामा कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ। पुस ७ गतेदेखि बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत हरि गुरागाई बिहीबार कार्यलयमा हाजिर भएसँगै तलब वितरण प्रक्रिया अघि बढेको हो। गुरागाईले हाजिर भएपछि तलब वितरणको प्रक्रिया तत्काल सुरु गरिएको थियो।