आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ३३ अंकले घटेर २,६७० को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७५ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ४ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनका इकाईधनीले ४ दशलमव ६० प्रतिशतका दरले कमाएका छन् ।