हेटौंडा सिमेन्ट उद्योग पाँच महिनापछि पुनः सञ्चालनमा, दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन

काठमाडौँ  पाँच महिनापछि विद्युत् आपूर्ति सहज भएपछि हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको छ। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, चुनढुङ्गा पेल्नका लागि दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने र कोइलाको जगेडामा हाल १,९०० मेट्रिक टन रहेको छ भने थप ४,००० मेट्रिक टन कोइला बोलपत्रमार्फत ल्याउने तयारी भइरहेको छ।

वि.सं. २०३३ मा स्थापना भई २०४३ मङ्सिर २६ मा उद्घाटन गरिएको उद्योगमा हाल १९५ जना स्थायी कर्मचारी कार्यरत छन्। दैनिक १८ हजार बोरा उत्पादन क्षमता भए पनि हाल १२ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको उद्योगले जनाएको छ।