
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको एफपीओ प्रस्ताव रद्द भएको छ । कम्पनीले एफपीओ प्रस्ताव रद्द गर्दै अब हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको प्रति शेयर रू. १०० का दरका १,००,००,००० (एक करोड) कित्ता शेयरहरू प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपिओ) रद्द गर्ने निर्णय गरेको हो।
त्यस्तै सोहि बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको छ । कम्पनीको हलको चुक्ता पूँजी रू. ३,४०,९०,६४,६०० रहेको छ । सो अनुसार प्रस्तावित हकप्रद शेयर रकम रू. १,३६,३६,२५,८०० हुन आउने कम्पनीले जनाएको छ।