सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य गिरावट भएको छ भने चाँदीको मूल्य बढेको छ। पछिल्ला केही देखिदेखि निरन्तरजसो घट्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।