
काठमाडौँ । नेपालको औषधि उत्पादन र वितरणमा सक्रिय लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको समझदारी भएको छ, जसअनुसार हिमाल डेन्टलले आफ्ना अस्पताल तथा सेवा केन्द्रहरूमा लोमसका सम्पूर्ण डेन्टल उत्पादन प्रयोग गर्नेछ भने लोमसले हिमाल डेन्टलद्वारा आयोजित शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार तथा जनचेतनामूलक अभियानहरूमा सहयोग गर्नेछ।
दीर्घकालीन र आपसी लाभदायक साझेदारीका रूपमा लिइएको यस सहकार्यले नेपाली डेन्टल सेवा र शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ। समझदारीपत्रमा लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे र हिमाल डेन्टलका प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन्।