
काठमाडौँ । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओमा माग भन्दा ३३७ गुणा बढीको आवेदन परेको छ । आज चैत्र २४ गते साँझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको एफपीओमा १४ लाख ५३ हजार ६ सय ३१ जनाबाट १ करोड ७३ लाख ५ सय ५० कित्ताको आवेदन परेको छ। जुन माग गरिएभन्दा ३३७.२९ गुणा बढी हो ।
कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।यस निष्काशनमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने छ। चैत्र २१ देखि चैत्र २६ गतेसम्ममा २ वटा सार्वजनिक विदा परेकोले कम्पनीको एफपीओ कुल ६ दिन खुला रहने छ ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।