आजको सुनको भाउमा भारी गिरावट, जान्नुहोस् नयाँ मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। आज सुन प्रतितोला तीन हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा किनबेच भएको छ। यसअघि बिहीबार चाँदी तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।