
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । मंगलबार ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।ङादी ग्रुप पावरको शतप्रतिशत बापतको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता र बलेफी हाइड्रोपावरको पनि शतप्रतिशत बापतको १ लाख ८२ हजार ७९ हजार ७०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।