नेपाली बजारमा सुनको मूल्य फेरि उकालो,चाँदीको मूल्य भने स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार फेरि नयाँ उचाइमा पुगेको छ। सोमबार तोलामा १,१०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप १,८०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार यो मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने स्थिर छ। सोमबारकै दरअनुसार आज पनि चाँदी तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स ३ हजार १४५ अमेरिकी डलरसम्म पुगेको छ।