
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ। नेप्से ५४.६२ अंकले घटेर २,६१४.६२ बिन्दुमा झरेको छ। आज जम्मा १३ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ।
दिनभरि ३१७ कम्पनीका १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ, जसको कारोबार ४२ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, एनआरएनको ३५ करोड ९९ लाख रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले फाइदा उठाएका छन्। उनीहरूले ८.७२ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, एनएबी ५० का इकाईधनीले ३.९४ प्रतिशत तथा आइसीएफसी डिबेञ्चरका इकाईधनीले ३.८९ प्रतिशतले कमाएका छन्। त्यस्तै, सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले घाटा बेहोरेका छन्। उनीहरूले १० प्रतिशतका दरले गुमाएका छन्।