बीमा क्षेत्रको सुव्यवस्था र पारदर्शिताका लागि सहकार्य आवश्यक : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्न कर्मचारी युनियनहरू, बीमक संस्थाहरू तथा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन्। ललितपुरमा आयोजित नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको स्पष्ट पारे। साथै, सरकारले तोकेको जिम्मेवारी पूरा गर्दै बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको उनले उल्लेख गरे।