सुन र चाँदीको भाउमा गिरावट, आजको मूल्य कति पुग्यो?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० सय र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबारको बजारमा छापावाला प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।