आज विश्वभरि विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौँ  आज विश्वभरि विश्व मौसम विज्ञान दिवस मनाइँदै छ। हरेक वर्ष मार्च २३ मा मनाइने यस दिवसले मौसम विज्ञान र जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक अध्ययनको महत्त्वलाई उजागर गर्छ। यो वर्षको दिवसको मूल नारा मौसम, जलवायु तथा पानीसम्बन्धी सेवाहरूको प्रविधि र नवाचारमा केन्द्रित रहेको छ। जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपत्तिहरू, अनियमित मौसम प्रणाली, र तिनको प्रभावबारे सचेतना फैलाउने उद्देश्यसहित विभिन्न देशहरूमा गोष्ठी, सेमिनार र सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।

नेपालमा पनि विश्व मौसम विज्ञान दिवसको अवसरमा मौसम पूर्वानुमान, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनबारे विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। मौसम विज्ञान विभागले विशेष कार्यक्रमको आयोजना गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा सटीक मौसम पूर्वानुमान प्रविधिको विकासमा ध्यान दिनुपर्ने बताएको छ। हावाहुरी, बाढीपहिरो, खडेरीजस्ता घटनाहरू न्यूनीकरण गर्न मौसम विज्ञानको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको विज्ञहरू बताउँछन्। विज्ञान र प्रविधिको प्रयोगमार्फत प्रभावकारी मौसम सेवाहरू प्रदान गरी विपद् न्यूनीकरणमा योगदान पु¥याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।