आज प्रतिनिधि सभाबाट प्राप्त विभिन्न विधेयकहरूमा राष्ट्रिय सभामा छलफल हुने

काठमाडौं। आजको राष्ट्रिय सभा बैठकमा विभिन्न विधेयकहरूमा छलफल हुने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पेश गर्नेछन्। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देश (पहिलो संशोधन) विधेयक, निजीकरण विधेयक र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकहरूमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।