नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन,महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न निर्वाचन मार्फत प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने भएका छन्।

संगठनप्रति उनको निष्ठा, व्यवस्थापकीय दक्षता र सहकर्मीहरूसँगको सुमधुर समन्वय क्षमताले उनलाई एक योग्य नेतृत्वकर्ताका रूपमा स्थापित गरेको छ। उनले समस्याहरूलाई सूक्ष्म रूपमा विश्लेषण गरी व्यावहारिक समाधान निकाल्न रुचि राख्छन्, जसले गर्दा संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ। आफ्नो कार्यकुशलता, इमानदारी र समर्पणका कारण उनले सहकर्मीहरूबीच विश्वास जित्न सफल भएका छन्।

त्यसैगरी, कोषाध्यक्षमा खेमराज भण्डारी, सचिवमा श्यामसुन्दर नगरकोटी चयन भएका छन्। सदस्यहरूमा अनिश तिमिल्सिना, विशाल त्रिताल, करुणा थापा, सानुकाजी कुँवर र मेलिना खरेल निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष शम्भु मिश्रले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। साथै, आजै बसेको पहिलो सञ्चालक समितिको बैठकले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ।