सुनको मूल्य घट्यो, हालको कारोबार मूल्य कति?

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।