सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ दर सार्वजनिक

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।

समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, इन्स्योरेन्सको सेयर प्रतिकित्ता ६६४ रुपैयाँ ३१ पैसामा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले चैत २१ गते अमृतभोग कालिकास्थान काठमाडौंमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुने बताइएको छ।