आजको टप १० कारोबार हुने कम्पनीहरू, कुन कम्पनी शीर्षस्थानमा?

काठमाडौं । आज शेयर बजार ओरालो लाग्दै नेप्से परिसूचक १२.३८ अंकले घटेर २,६६९ विन्दुमा कायम भएको छ। आज ६२ कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको शेयर मूल्य घटेको छ। कारोबार रकमको हिसाबले आज ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जहाँ सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसपछि, हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ र सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।