प्रधानमन्त्री ओलीको घोषणा : ५०० स्टार्टअपलाई सहुलियत कर्जा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रममार्फत यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले नवप्रवर्तनलाई प्रोत्साहन गर्न सहुलियत व्याजदरमा कर्जा दिने योजना अन्तिम चरणमा रहेको जानकारी दिए।

साथै, स्वदेशमै उत्पादन र रोजगारीको अवसर सिर्जना गर्न सरकार विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै हालसम्म ८ लाख सूचीकृत बेरोजगारले रोजगारी पाएको बताए। उनले नेपालमै रोजगारी सम्भव छ भन्ने विश्वास दिलाउन सरकार वैचारिक तथा व्यवहारिक कदमहरू चालिरहेको बताए। नेपालमा केही सम्भव छैन भन्ने नकारात्मक धारणा फैलाउन नहुने उनको भनाइ थियो।