आज यी कम्पनीका लगानीकर्ताले सेयर बजारमा कमाए सबैभन्दा बढी

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार १४ दशलमव ८८ अंकले घटेर २,६८२ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ७ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।