
काठमाडौँ । वि.सं. २०७२ को भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पुनःनिर्माण सम्पन्न धरहराबाट हालसम्म २ करोड ३७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
शहरी विकास मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा वित्तीय प्रगतिसम्बन्धी विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार, गत असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आएपछि यो राजस्व संकलन भएको हो। सोही अवधिमा १ लाख ३० हजारभन्दा बढीले धरहरा भ्रमण गरिसकेका छन्।