
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज चैत्र ५ गतेदेखि १० दिने अनिवार्य बिदा (फोर्स लिभ) बसेका छन्। राष्ट्र बैंकले व्यवस्था गरेको वार्षिक अनिवार्य विदाका कारण उनी चैत्र १४ गतेसम्म बिदामा रहनेछन् र चैत्र १५ गते पुनः कार्यालय फर्कनेछन्। गभर्नर अधिकारीको कार्यकाल चैत्र २२ गते समाप्त हुँदैछ।
सार्वजनिक पदाधिकारीहरू कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्ने परम्परा रहे पनि अधिकारी अन्तिम दिनसम्म काममै रहने भएका छन्। उनको अनुपस्थितिमा राष्ट्र बैंकको नियमित प्रशासनिक काम बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले सम्हाल्नेछिन्।