
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषलगायत कोषहरूको लगानी उत्पादनमूलक र रोजगारी बढाउने क्षेत्रमा निर्देशित गर्नुपर्ने बताएका छन्। नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव अवसरमा उनले कोषले पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन, हाइड्रोपावरजस्ता क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गरे। उनका अनुसार कोषहरूको करिब ५२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा फिक्स्ड डिपोजिटका रूपमा रहेको छ, जसलाई विकास निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक छ।