यसपटक मातृभूमि लघुवित्तका लगानीकर्ताले लाभांश नपाउने

काठमाडौँ ।  मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको शनिबार भएको बैठकमा यो निर्णय लिइएको हो। यसले कम्पनीका सेयरधनीलाई यस पटक कुनै पनि लाभांश प्राप्त नहुने बनाएको छ। यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।