
काठमाडौँ। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५१ अंक घटेर २७३५.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ४६ स्टकको ९९ पटकको कारोबारमा ९८ लाख ९५ हजार ७७९ रुपैयाँ ७० पैसाबराबरको १८ हजार ४७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।