सिन्धु विकास बैंकको साधारणसभा स्थगित, गणपूरक संख्या पूरा भएन

काठमाडौं। गणपूरक संख्या नपुगेपछि सिन्धु बैंकको साधारणसभा स्थगित भएको छ। बैंकले फागुन २८ गते बोलाएको १४औं र १५औं वार्षिक साधारणसभा कोरम नपुगेपछि रोकिएको हो।

बैंकले स्थगित साधारणसभा पुनः चैत ८ गते बोलाएको छ। यसअघि राखेका सबै एजेन्डा यथावत् गर्दै अब चैत ८ का लागि साधारणसभा आह्वान गरेको बैंकले बताएको छ। 

साधारणसभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पेस गर्नेछ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ः१ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने निर्णय गरेको छ। यस्तै, बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकापसमा गाभ्ने÷गाभिने प्रस्ताव पनि पेस गर्नेछ।