ग्लोबल आइएमई बैंकद्वारा भाषा परीक्षाको सेवाशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं। ग्लोबल आइएमई बैंकले वैदेशिक भाषा परीक्षाको शुल्क अनलाइनबाट भुक्तानी गर्दा ५० प्रतिशत छुट दिने भएको छ। बैंकले विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 

बैंकले नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बीमा शुल्कलगायत विभिन्न भाषा परीक्षा आईईएलटीएस, पीटीई, एसीसीएलगायतको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने बताएको छ। उक्त योजना अगस्ट ३१ सम्म लागू हुने बैंकले जनाएको छ।  

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीले भुक्तानीको लागि आवश्यक पर्ने कागजजात पुरा गरेपछि बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा  ५० प्रतिशत छुट दिने जानकारी दिएको छ।