बजारमा दोहोरो अंकको उछाल, यी १० कम्पनीले गर्यो सबैभन्दा बढी कारोबार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को विन्दुमा बन्द भएको हो। लगातार ६ दिनको घटाइपछि बढेको बजारमा नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेका छन् भने २ वटा घटेको छ। आज लगानी समूह सर्वाधिक १.७६ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.३३ प्रतिशतले घटेको छ। 

बजारमा आज १४६ कम्पनीको शेयरभाउ बढेको छ भने ८८ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।शेयर बजारमा आज करिब सवा ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार माछापुच्छ्रे बैंकको संस्थापक शेयरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी :माछापुच्छ्रे बैंकको संस्थापक शेयरः ८१ करोड ३६ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४९ करोड ३६ लाख रुपैयाँ,घलेम्दी हाइड्रोः ३९ करोड १९ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः ३८ करोड ६७ लाख रुपैयाँ,महालक्ष्मी विकास बैंकः ३८ करोड ४३ लाख रुपैयाँ,गार्डियन माइक्रो लाइफः ३६ करोड ८६ लाख रुपैयाँ,सीईडीबी होल्डिङ्सः १८ करोड १२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकः १७ करोड ५८ लाख रुपैयाँ,बरुण हाइड्रोपावरः १६ करोड ९८ लाख रुपैयाँ