
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भएको थियो