पहिलो दिनमै ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओको माग उच्च, ४.१८ गुणा आवेदन

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडकाे आईपीओ पहिलाे दिन नै ४.१८ गुणा बढि माग भएकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयरमा ४ लाख ९८ हजार १६१ वटा आवेदन परेकाे छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीकाे आईपीओमा ६१ कराेड ७३ लाख ६२ हजार रूपैयाँ बराबरकाे ६१ लाख ७३ हजार ६२० कित्ता शेयर माग भएकाे हाे ।

कम्पनीले हाल दोस्रो चरणमा बाँकी रहेको १४ करोड ७६ लाख रुपैयाँ बराबरको १४ लाख ७६ हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले आज अर्थात फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ।