सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त कम्पनीको लाभांश सुरक्षित  गर्ने  आज अन्तिम मौका

आज फागुन २७ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले चैत्र १५ गते साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश गरि कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड रहेको छ।

त्यस्तै नेष्डो समृद्ध  लघुवित्तले  चैत्र १० गते आइतबार पर्वतको कुश्मा स्थित रोयल कुश्मा रिसोर्टमा साधारणसभा बोलाएको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।