
काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.६८ अंक घटेर २७५१.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८८ अंक बढेर २७५२.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ४१ स्टकको ६८ पटकको कारोबारमा २ करोड ५३ लाख ५६ हजार ६४१ रुपैयाँबराबरको २४ हजार ४०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।