शेयर बजार अपडेट: आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा झरेको हो। बजार घट्दा अन्य समूह बढेको छ भने बाँकी १२ वटा समूहमा गिरावट देखिएको छ। आज म्युचुअल फन्ड समूह सर्वाधिक ३.०६ प्रतिशतले घटेको छ। बजारमा आज ४४ कम्पनीको शेयरभाउ बढेको छ भने १९१ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज बजारमा ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ। 

सर्वाधिक कारोबार भएका १० कम्पनी

  1. नेपाल पुनर्बीमा कम्पनीः ७३ करोड ५० लाख रुपैयाँ
  2. हिमालयन रिइन्स्योरेन्सः ७३ करोड १७ लाख रुपैयाँ
  3. एनएलजी इन्स्योरेन्सः ३४ करोड ९८ लाख रुपैयाँ
  4. घलेम्दी हाइड्रोः ३३ करोड ४७ लाख रुपैयाँ
  5. गार्डियन माइक्रो लाइफः ३० करोड ४२ लाख रुपैयाँ
  6. एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड २ लाख रुपैयाँ
  7. सीईडीबी होल्डिङ्सः १७ करोड ७३ लाख रुपैयाँ
  8. युनाइटेड मोदी हाइड्रोपावरः १६ करोड ३३ लाख रुपैयाँ
  9. सगरमाथा जलविद्युतः १४ करोड ७५ लाख रुपैयाँ
  10. सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ५१ लाख रुपैयाँ