आज सामान्य बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा  सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।