प्रि ओपन सेसन :  नेप्से करिब २ अंक गिरावट

काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार ४६.३३ अंक घटेर २७७२.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९२ अंक घटेर २७७०.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४३ स्टकको १०७ पटकको कारोबारमा १ करोड ६७ हजार २२८ रुपैयाँ ७० पैसाबराबरको १० हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।